नक्कली रुपैयाँसहित २ भारतीय नागरिक पक्राउ

 

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले आज देवानगञ्ज गाउँपालिका–२ मध्यहर्षाहीबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य अररिया रामनगरका ४० वर्षीय नवलकिशोर पाल र ३२ वर्षीय सुमन पाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय देवानगञ्जबाट गोप्य सूचनाका अधारमा खटिएको प्रहरीको टोलीले बी आर ५० एस ८४०६ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका दुवै भारतीय नागरिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

footwear zone

पक्राउ परेकाको साथबाट प्रहरीले रु १ सय दरको नेपाली नक्कली नोट १६ थान अर्थात् कूल रु एक हजार ६ सय बरामद भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको सुनसरी प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.