काठमाडौं ।अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै गरेको चार हजार ८ सय ४० ग्राम सुनजस्तो देखिने सो पदार्थसहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक चिनियाँ नागरिक ३६ वर्षीय झाङ लिलाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ चिनियाँ नागरिक लिदहिमालय एयरको उडानद्धारा काठमाडौं आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिकै पक्राउ गरेको हो ।

पक्राउ लिले चारवटा पोकामा भित्री पोशाकभित्र लुकाएर उक्त सामान ल्याएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




Comments are closed.