बैंकको एटिएम फोड्दै गरेको अवस्थामा पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीले एनआसी एशिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१ नक्साल भगवतीबहालस्थित सगरमाथा इन्स्योरेन्स भवनमा रहेको एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेका काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–७ का २१ वर्षीय आकाश तामाङलाई गएराति पक्राउ गरेको हो ।

footwear zone

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले नगद चोरी गर्न एटिएम फोड्दै गर्दा बैंकको सुरक्षा प्रणालीमा घण्टी बजेर प्रहरीलाई खबर भएपछि प्रहरीको टोलीले तामाङलाई पक्राउ गरेको जानकारी दिए । प्रहरीले पक्राउ परेका तामाङसँग एटिएम फोड्न प्रयोग गरेका दुई थान औजारसमेत बरामद गरेको छ ।

You might also like

Comments are closed.