८ लाख रुपैयाँ सहित जुवाको खालबाट १३ जना पक्राउ

 

भक्तपुर ।

चागुँनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँमा ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीन तले घरमा सञ्चालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १३ जनालाई पक्राउ गरिएको छ ।

footwear zone

महानगरीय प्रहरी परिसरको टोलीले होटलमा छापा मारी जुवाखालबाट १६ थान कौडा, आठ लाख २२ हजार ६० रुपैयाँ सहित १३ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिए ।

You might also like

Comments are closed.