ब्राउनसुगर सहित चार भारतीय नागरिक पक्राउ

बनियानी । झापाको छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र दमकबाट दुई जनालाई बुधबार ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-३ झोलुङ्गे पुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेका भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोतका ४२ वर्षीय निखिल विश्वासलाई तीन ग्राम ८०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

त्यसैगरी बुधबार बेलुका ७ बजे लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ स्थित चारपानेबाट सोही स्थानका ३६ वर्षीय बद्री राजवंशीलाई तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

footwear zone

यस्तै बुधबार राति ८ बजे दमक नगरपालिका-९ स्थित इटाभट्टाबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले २५ ग्राम ब्राउनसुगर र नगद रु १० हजारसहित दुई जनालाई पक्राउ गरेको थियो ।

को२९प २२३४ नंको मोटरसाइकलमा सवार गौरादह नगरपालिका-१ का ३३ वर्षीय भीमबहादुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाललाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो । ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.