नयाँ स्वादको मदिरा ‘एरो एक्स्ट्रा स्ट्रोङ’ बजारमा

काठमाडौं । नयाँ स्वादको मदिरा ‘एरो एक्स्ट्रा स्ट्रोङ’ बजारमा आएको छ । सूर्य ब्लेण्डर्स प्रा.लि. आँबुखैरेनी तनहुँले नयाँ स्वादमा अल्कोहलिक वेभरेज बजारमा ल्याएको हो ।

उच्च स्तरीय ग्रेन स्प्रिट र इम्पोर्टेड नेचुरल फ्लेबर्सको मिश्रणबाट नवीनतम प्रविधिमार्फत एरो एक्स्ट्रा स्ट्रोङ तयार पारिएको कम्पनीले जनाएको छ । यो रेडि टु ड्रिङक्स अल्कोहलिक वेभरेज हो । यो मदिरामा पानी तथा कुनै पनि बस्तु नमिसाइ सिधै पिउन सकिन्छ ।

एरो एक्स्ट्रा स्ट्रोङमा ग्राहकले नयाँ स्वादको अनुभव गर्न सक्ने कम्पनीले विश्वास लिएको छ । यसको अल्कोहोलिक भोलुम १७.११ रहेको कम्पनीका सञ्चालक पुजन श्रेष्ठले जानकारी दिए । ‘यो वियर भन्दा कडा र अन्य ह्विस्की तथा रम भन्दा नरम हुन्छ,’ उनले भने ।

footwear zone

प्रा.लि.ले करुवा ब्राण्डको ७० युपीमा मदिरा, ५० युपीको इमेज मदिरा, ७० युपीको फटाफट मदिरा, ५० युपीको ट्वान्टी ट्वान्टी मदिरा उत्पादन गर्दै आइरहेको छ । ७० युपीको करुवा मदिरा सर्वाधिक रुचाइको ब्राण्डमा पर्न सफल छ ।

You might also like

Comments are closed.