चित्रकलामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’

पोखरा । नेशनल प्याब्सन कास्कीको आयोजनामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’ विषयमा छैटौं जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

नेशनल प्याब्सन कास्कीमा आबद्ध विद्यालयका २५ जना विद्यार्थी सहभागिता रहेको उक्त प्रतियोगितामा, “हाम्रो पोखरा राम्रो पोखरा” विषयमा प्रतिष्पर्धा भएको थियो । स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमा आयोजना गरिएको प्रतियोगितामा डायमण्ड मोडल स्कूलका आयान इकुवल प्रथम भएको कार्यक्रम संयोजक सञ्जय पौडेलले जानकारी दिए । उनका अनुसार कास्की मोडनाइज्डका मानस तामा द्वितीय, सिद्धार्थ लवडेलका आशिष तिमिल्सिना तृतीय तथा सिद्धिविनायकका सोसिमा घले र ज्ञानज्योति विद्याकुञ्जका रुपा भुजेल सान्त्वना भएका छन् ।

विजयी विद्यार्थीलाई ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा चित्रकार रमेश श्रेष्ठ र हरिराम जोजीजु रहेका थिए । सो अवसरमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले कोरोना भाइरस संक्रमणका समयमा विद्यार्थीको प्रतिभा बाहिर आउन नसकेको जनाउँदै विद्यार्थीलाई सिर्जनात्मकरुपबाट अघि बढाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए । उनले अब छिट्टै नै भौतिकरुपमा विद्यालय संचालन गर्ने तयारीमा रहेको जानकारीसमेत दिए । उनले भने, “भौतिकरुपमा विद्यालय संचालन गर्न हामीले धेरै प्रयास थालेका छौँ, कोरोना संक्रमित दर पनि घट्दै गएकाले कुनै न कुनै मोडालिटीमा हामी छिट्टै नै स्कूल संचालन गर्ने तयारीमा छौँ ।”

footwear zone

नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराइले भौतिक उपस्थितिमा प्रतियोगिता गरेर विद्यार्थीको कला उजागार गर्न सफल भएको बताए । चित्रकार रमेश श्रेष्ठले प्रतियोगिताले ललितकला क्षेत्रमा इँटा थप्ने काम गरेको बताए ।

नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, निवर्तमान अध्यक्ष रामबहादुर मोची, अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसी, सदस्य शिवराज पौडेललेलगायतले वर्तमान अवस्थामा विद्यार्थीमा परेको असर र उनीहरुलाई सिर्जनात्मक बनाउनुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.