आशा लघुवित्तले ६ महिनामा कमायो ३ करोड ५९ लाख खुद मुनाफा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले ६ महिनामा तीन करोड ६९ लाख ४१ हजार नौ सय ६३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा संस्थाले उक्त परिमाणमा खुद मुनाफा आर्जन गर्न सफल भएको हो ।

गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा आठ करोड ८० लाख ३८ हजार एक सय ५६ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैंयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब ८७ करोड ८८ लाख ९४ हजार ६ सय दुई रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब तीन करोड ९७ लाख ९३ हजार एक सय ८६ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा १३ करोड ३४ लाख २९ हजार ६ सय ६७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८२ प्रतिशत कर्जा कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा दुई करोड ८७ लाख २० हजार सात सय ७८ रुपैयाँ रहेको संस्थामा तीन दशमलव ५५ प्रतिशत स्प्रेड दर रहेको छ ।

footwear zone

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५३ करोड १६ लाख ५२ हजार छ सय ४९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६९ करोड ५५ लाख ६० हजार एक सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

You might also like

Comments are closed.