आशा लघुवित्तले ३ लाख कित्ता सेयर असोज ४ गतेबाट लिलामी गर्दै

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता सेयर लिलामी गर्ने भएको हो ।

लघुवित्तले संस्थापक समूहको ३ लाख कित्ता सेयर लिलामी प्रक्रियामार्फत असोज ४ गतेदेखि बिक्रीमा ल्याउन लागेको हो । लगानीकर्ताले न्यूनतममा १० हजार कित्तादेखि अधिकतममा ३ लाख कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन् ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ ।यो लिलामी सेयरमा संस्थाका संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा विभिन्न संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् ।

footwear zone

खरिद आवेदन काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ । खरिद आवेदन पेस गर्ने अन्तिम मिति असोज १२ गते बैंकिङ समयसम्म तोकिएको छ ।

You might also like

Comments are closed.