आशा लघुवित्तको ३ लाख कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा

काठमाडौं ।  आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ३ लाख कित्ता सेयर आजदेखि बिक्री खुला गरेको छ।

लघुवित्तले संस्थापक समूहको ३ लाख कित्ता सेयर लिलामी प्रक्रियामार्फत असोज ४ गते मंगलबारदेखि बिक्री खुला गरेको हो। यो लिलामी सेयरमा संस्थाका संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा विभिन्न संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् ।

लगानीकर्ताले न्यूनतममा १० हजार कित्तादेखि अधिकतममा ३ लाख कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन् ।लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ ।

footwear zone

खरिद आवेदन काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ । खरिद आवेदन पेस गर्ने अन्तिम मिति असोज १२ गते बैंकिङ समयसम्म तोकिएको छ ।

You might also like

Comments are closed.