बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ मा नुवाकोट जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्त वित्तीय संस्था लि. सम्मानित भएको छ । नवौं राष्ट्रिय कर दिवसको अवसरमा आइतबार संस्थाका प्रमुख कार्यकारी अधिकृत वद्री दुलाललाई आन्तरिक राजस्व कार्यालय कलंकीले सम्मान गरेको हो ।

नुवाकोट जिल्लाबाट उत्कृष्ट कर तिरेबापत सम्मानित हुन पाउँदा गौरवको महसुस भएको प्रमुख कार्यकारी अधिकृत दुलालले बताए । ‘राज्यबाट पाएको यस सम्मानको हामी उच्च कदर गर्दछौं,’ उनले भने ।

संस्थाले ग्राहक वर्ग, सेयरधनी, सञ्चालक समिति तथा सम्पूर्ण कर्मचारी लगायत शुभेच्छुकहरुप्रति आभार व्यक्तसमेत गरेको छ ।

footwear zone

नुवाकोटमा प्रधान कार्यालय रहेको संस्थाको देशभर २९ वटा जिल्लामा ५५ वटा शाखा छन् । सेयर पुँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको वित्तीय संस्थाको लगानीमा रहेको कर्जा २ अर्ब ८२ करोड रुपैयाँ छ । बचत ९५ करोड रुपैयाँ रहेको संस्थाले करिब ६० हजार जनालाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.