काठमाडौं । एसियन पेन्ट्सले नयाँ उत्पादनहरु बजारमा ल्याएको छ । २०० भन्दा धेरै डिलरहरुको माझमा कम्पनीले स्मार्टकेयर समूहका २ नयाँ उत्पादनहरु सिलिकन शिल्ड र हाइड्रोलक प्रस्तुत गरेको छ जसले भित्ताहरुमा ओस र नुनियाको समस्याहरुलाई रोकथाम गछ । अन्य दुई उत्पादन रोयल प्ले समुह अन्तर्गत बारिक र स्टुको पनि सार्वजनिक गरेका छ । यी रोयल प्ले समुहका उत्पादनहरुले घरको इन्टेरियरको सजावटलाई आकर्षक बनाउने बताइएको छ ।
सिलिकन शिल्डकोे एक जलप्रतिरोधक तत्व हो, जसमा उत्कृष्ट पेनीट्रेटिभ फर्मुलेसन रहेको छ, यो ईटाहरु, ढुङ्गाहरु र क्ले टायलहरुको लागि अनुकूल छ र तपाईंको घरको बाहिरी भित्ताहरुलाई नुनियादेखि जोगाएर भित्ताको स्वाभाविक सुन्दरतालाई कायमै राखिदिन्छ । त्यसैगरि हाइड्रोलक एक अर्को पेनीट्रेटिभ जलप्रतिरोधक सोलुसन हो जुन प्लाष्टर गरिएका भित्ताहरुलाई ओस र नुनियाबाट सुरक्षित राख्नका लागि प्लाष्टर माथि लगाउन अत्यन्त उपयुक्त छ ।
रोयल प्ले बारिकले अरेबियन मरुभूमिहरुबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिन्छ र यो ओसन वेभ र वोर्ल इफेक्टमा
उपलब्ध छ। अर्कोतर्फ रोयल प्ले स्टुकोले प्रदान गर्ने फिनिसले भित्री भित्ताहरुमा मार्बलको अनुभूति दिलाउने बताइएको छ ।






Comments are closed.