फेशन डिजाइनर काउन्सिल अफ नेपालकोे सल्लाहकारमा अश्विनीकान्त झा

काठमाडौं । फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झालाई नियुक्त गरेको छ । उनलाई यसअघि सम्पन्न कार्यसमितिको बैठकले अध्यक्ष अमित झाको प्रस्तावमा काउन्सिलको सल्लाहकारमा नियुक्त गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।

संस्थाको छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा फेशन डिजाइनर काउन्सिल अफ नेपालका अध्यक्ष अमित झाले एक कार्यक्रमबीच अश्विनीलाई नियुक्ति पत्र प्रदान गरेका छन् । सो कार्यक्रमको दौरान काउन्सिलका अध्यक्ष झाले विगत डेढ दशकभन्दा लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा मोडलिङ, ब्युटी पेजेन्ट तथा फेशन कोरियोग्राफीको अनुभव संगाल्नुका साथै उच्च सफलता हासिल गरेका कोरियोग्राफर झा नेपाल तथा अन्तर्राष्ट्रिय फेशन जगत र ब्युटी पेजेन्ट क्षेत्रलाई राम्ररी बुझेका छन् । उनलाई सल्लाहकारको रूपमा संस्थाले पाउँदा उनको सीप, दक्षता तथा लामो समयको अनुभवलाई संस्थाको हितमा प्रयोग गर्न सके समस्त फेशन डिजाइनरका साथै फेशन डिजाइनर काउन्सिल अफ नेपालले पनि निकै लाभ लिन सक्ने बताए ।

त्यसैगरी सोही कार्यक्रममा काउन्सिलका अध्यक्ष झाले विगत पाँच वर्षमा संस्थाले गरेका कार्यहरू र प्रगतीहरूसम्बन्धी प्रकाश पारे । कोरियोग्राफर अश्विनी झाले फेशन डिजाइनर काउन्सिल अफ नेपाललाई उक्त जिम्मेवारीको लागि योग्य ठानेकोमा धन्यबाद दिँदै कोरियोग्राफर र फेशन डिजाइनर एक अर्काको परिपुरक भएको बताए । कोरियोग्राफर झाले आफ्नो विगतको अनुभवलाई कोट्याउँदै आफ्नो सुरुवाती मोडलिङ गर्दाको दिनहरूदेखि नै उहाँलाई फेशन डिजाईनरहरूको एकदमै ठूलो साथ र सहयोग प्राप्त भएको आज कोरियोग्राफरको भूमिकामा रहँदा पनि आफ्नो सफलतामा फेशन डिजाइनरहरूको साथ र सहयोग रहेको बताए । वर्तमान समयमा कोभिडको कारणले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको र फेशन डिजाइनिङ क्षेत्रका साथै मोडलिङ र ब्युटी पेजेन्ट क्षेत्रलाई झनै असर गरेको बताउँदै अब छिट्टै नै सबै मिलेर यस क्षेत्रलाई पुरानै अवस्थामा ल्याई पु¥याउने विश्वास व्यक्त गरे ।

footwear zone

कोभिड पूर्वसमस्त नेपाली ब्युटी पेजेन्ट र फेशन जगतले विश्व मञ्चमा राम्रो उपस्थिति जनाउँदै गरेको अवस्थामा अवको दिनहरूमा अझै सशक्त र परिस्कृत रूपमा नेपाली फेशन डिजाइनरहरूको उपस्थिति रहनेछ भनी आशा व्यक्त गर्दै यसका लागि आफ्नो तर्फबाट हुने हरेक सहयोगका लागि हरपल तत्पर रहने बताए ।

कार्यक्रममा अन्य वक्ताले कोरियोग्राफर झालाई संस्थामा स्वागत गर्दै आ–आफ्नो मन्तव्य र धारणा राख्नुका साथै काउन्सिलको विगतका पाँच वर्षको उपलब्धि तथा कमी कमजोरीको समीक्षा गरेका थिए ।

You might also like

Comments are closed.