अमेरिकाको टेक्सास राज्यमा ‘एलटिए मल्टी कलेक्सन’को शुभारम्भ

टेक्सास (अमेरिका) । बिगत १५ वर्षदेखि नेपालको काठमाडौंमा संचालित एमएमसी मल्टी कलेक्सन अब अमेरिकाको टेक्सासस्थित युलेसबाट ‘एलटिए मल्टी कलेक्सन’ नामबाट सञ्चालनमा आएको छ । महिला उद्यमी लक्ष्मी धामीले अमेरिकाबाट एलटिए मल्टी कलेक्सन सञ्चालनमा ल्याएकी हुन् ।

मल्टि कलेक्सनमा महिलाहरुलाई लक्षित गरी सारी, कुर्ता, लेहेंगा लगायतका कपडाहरु बिक्रीका लागि उपलब्ध छन् । अमेरिकाभर डेलिभरी सेवा उपलब्ध गराउनेगरी एलटिए मल्टी कलेक्सन सञ्चालनमा ल्याइएको धामीले जानकारी दिइन् ।

नेपाल र भारतको बुटिकबाट तयार गरिएको कपडाहरु अमेरिकामा बिक्री गरिने उनले बताइन् । ‘ग्राहकको अर्डर अनुसार बुटिक तयार गरिन्छ,’ उनले भनिन् ।

footwear zone

विशेष गरी नेपाल र भारतबाट अमेरिका गएर बसेकाहरुलाई लक्षित गरी व्यवसायी सुरु गरिएको धामीले जानकारी दिइन् । ‘व्यवसायका लागि टेक्सास तथा आसपासका क्षेत्रमा रहेका नेपाली तथा भारतीय मूलका महिलाहरुलाई बढी लक्षित गरेका छौं,’ उनले भनिन् ।

You might also like

Comments are closed.