पोखरा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै अटेरी अभियानले चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।
अभियानको सोमबार बसेको बैठकले प्रचारप्रसार समिति गठन गरेको हो जसको संयोजक हरि कार्की रहेका छन् भने सह संयोजकमा अभिमन्यु पाण्डे रहेका छन् । अब दल होइन उम्मेदवार हेरौं भन्दै ‘अब अटेर गरौं, अटेर गर्नु जरुरी छ’ नारा सहित अभियान सञ्चालन गरिएको बताइएको छ ।
स्थानीय चुनावलाई दलरहित बनाउने उद्देश्यसहित पोखराबाटै अटेरी अभियानको घोषणा भएको हो । स्थानीय चुनावका लागि पोखरा महानगरमा मेयर पदको उम्मेदवार हुने घोषणा गरेका गनेस पौडेलले अभियानको शुरुवात गरेका हुन् ।






Comments are closed.