अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरण विषयक कार्यक्रम सम्पन्न

ललितपुर । अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरण विषयक दुई दिने कार्यशाला ललितपुरमा सम्पन्न भएको छ । ललितपुरको होटल हिमालयमा भदौ २१ र २२ गते भएको कार्यक्रमको अतुल्य फाउन्डेसनले आयोजना गरेको थियो ।

अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणका विषयमा सरोकारवाला संघ–संस्थाहरुको आवाज नीतिगत क्षेत्रमा काम गर्ने सरकारी संयन्त्रसम्म पुगोस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघसस्था तथा बहु–अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता थियो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव डिल्लीराम शर्माले ‘सरकारले अपाङ्गता भएका व्यक्तिका लागि नीति तर्जुमा गर्ने योजना बनाएको बताए । साथै फोरममा छलफल गरेबमोजिम आगामी नीतिहरुमा अपाङ्गताको मुद्दा समावेश गर्न सामुहिक प्रतिक्रिया र सुझावहरु समावेश गर्ने प्रतिवद्धता जनाए ।

footwear zone

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी कार्यलाई थप अभिवृद्धि गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय निकाय र स्थानीय तहसँग सहकार्य गरी आगामी दिनमा प्रभावकारीरुपमा कार्यान्वयन गर्ने सुनिश्चितता गर्ने पनि उनले बताए ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्मा, गृह मन्त्रालयका सहसचिव प्रदिपकुमार कोइराला तथा युएसएआइडी तयार परियोजनाकी ट्यामी ह्यारिसले संयुक्तरुपमा गृहमन्त्रालयले स्वामित्व ग्रहण गरेको पुस्तक ‘अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरण सम्बन्धी जानकारी मूलक हातेपुस्तिका’ को नेपाली, अंग्रेजी तथा ब्रेल संस्करणको विमोचन गरेका छन् ।

You might also like

Comments are closed.