कोभिड महामारीकै बीच भारतमा सवारी बिक्री बढ्दो, कति बढ्यो सेप्टेम्बरमा ?

नयाँ दिल्ली ।  भारतमा यात्रुबाहक सवारी साधनको बिक्रीमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा सेप्टेम्बरमा २६.४५ प्रतिशतले वृद्धि भएको देखिएको भारतीय सवारी उत्पादक समाज (एसआइएम) ले शुक्रबार जानकारी दिएको छ ।

उक्त औद्योगिक समाजका अनुसार सेप्टेम्बरमा भारतले २ लाख ७२ हजार २७ थान कार विक्री गरेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा दुई लाख १५ हजार १२४ थान विक्री भएको थियो ।

एसआइएमको तथ्याङ्कमा सेप्टेम्बरमा कारको विक्री अघिल्लो वर्षको सोही महिनासम्मको तुलनामा २८.९२ प्रतिशतले वृद्धि भएको र यातायातका लागि प्रयोग हुने जीप तथा अन्य सार्वजनिक सवारी साधनको विक्री २४.५० प्रतिशतले बढेको उल्लेख छ । त्यसैगरी भ्यान विक्री दरमा १०.६४ प्रतिशतले वृद्धि भएको छ ।

footwear zone

यसैबीच भारतमा सेप्टेम्बरमा तीन पाङ्ग्रे सवारी साधनको विक्रीमा अघिल्लो वर्षको तुलनामा ७१.९१ प्रतिशतले कमी आएको र दुई पाङ्ग्रे साधनको विक्री ११.६४ प्रतिशतले बढेको छ ।

एसआइएमले यो वर्षको गत वर्षको सेप्टेम्बरको तुलनामा सवारी साधन र तीन पाङ्ग्रे साधनको निर्यातमा क्रमशः ३५.८९ प्रतिशत र ५.३५ प्रतिशतले कमी आएको जनाएको छ । दुई पाङ्ग्रे सवारी साधनको समग्र निर्यातमा ९.१७ प्रतिशतले कमी देखिएको छ ।

You might also like

Comments are closed.