काठमाडौं । इलेक्ट्रिक गाडी बिक्री वितरण गर्दै आइरहेको अटोहोस्टले चिनियाँ कम्पनी डोङफेङले उत्पादन गरेको इआर७ इलेक्ट्रिक एसयुभी गाडी नेपाल ल्याउने भएको छ । उक्त गाडी ३ महिनाभित्र नेपाली बजारमा बिक्री सुरुवात हुने अटोहोस्ट प्रा.लि.का डाइरेक्टर नवराज पौडेलले आर्थिक आवाजलाई जानकारी दिए ।
यो गाडी सिंगल चार्जमा ४ सय किलोमिटरको रेन्जमा चलाउन मिल्नेछ । ‘इआर७ हाइ स्पिड जीप हो,’ उनले भने, ‘२०० एमएम ग्राउण्ड क्लियरेन्सको फुल्ली एसयुभी गाडी नेपाली बजारमा लोकप्रिय हुने हामीले विश्वास लिएका छौं ।’ डोङफेङ चिनिया अटोमोबाइल्स क्षेत्रमा चौथो ठूलो कम्पनी हो । गाडीमा अत्याधुनिक फिचरहरु जडान गरिएको अध्यक्ष सरोज थापाले जानकारी दिए । ‘नेपालमा नै सबैभन्दा बढी ग्राउण्ड क्ल्यिरेन्स भएको पहिलो इलेक्ट्रिक गाडी अटोहोस्टले ल्याउँदैछ,’ उनले भने ।
अटोहोस्टले एक महिना अगाडिबाट नेपाली बजारमा डेरी ब्राण्डको ईभी७ र ईएम७ बिक्री गर्दै आइरहेको छ । अटोहोस्टको शोरुम अनामनगरमा छ । बिक्री सुरुवात भएको एक महिनाको अवधिमा १३ युनिट बुकिङ भइसकेका छन् । दैनिक १० जना भन्दा बढी भिजिटरहरुको उपस्थिति रहेको थापाले बताए ।

देशभर डिलर विस्तारको तयारी
अटोहोस्टले देशभर डिलर विस्तारको तयारी गरेको छ । ६ वटा डिलर छनोट भइसकेका छन् । पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, दाङ र इटहरिमा डिलर छनोट भइसकेको पौडेलले जानकारी दिए ।
इभी७ र इएम७ रेन्ज बढेर आउँदै
डेरी ब्राण्डको इभी७ र इएम७ रेन्ज बढेर नेपाली बजारमा आउने भएका छन् । पहिलो चरणमा १६० देखि १८० रेन्जमा गाडी नेपालमा भित्रिएकोमा अबको २ महिनाभित्र रेन्ज बढेर आउने बताइएको छ । अब आउने इभी७ र इएम७ सिंगल चार्जमा २५० किमिको रेन्जमा आउनेछन् । अहिले १५० एम्पिएरको ब्याट्री जडान भएकोमा अब २३४ एम्पिएरको लिथिएम एसिएम ब्याट्री प्रयोग हुनेछ । ‘यो ब्याट्री लेटेष्ट टेक्नोलोजिको भएकाले धेरै सक्सेस छ,’ पौडेलले भने ।
र यो पनि,




Comments are closed.