काठमाडौं । जडिबुटीस्थित नरेफाटमा अटोमाण्डु स्टेशन संचालनमा आएको छ । मधेश प्रदेशका पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री सरोज यादवले शनिबार एक कार्यक्रमकाबीच अटोमाण्डु स्टेशनको उद्घाटन गरेका हुन् ।
टु ह्विलरको जुनसुकै ब्राण्डलाई पनि सर्भिसिङ प्रदान गर्ने तथा जेन्नयुन पार्टस, ट्युव, फिल्टर, लुब्रिकेन्ट्स, टायर, लगायतका समान उपलब्ध गराउने उदेश्यले अटो माण्डु स्टेशन संचालमा ल्याइएको हो ।
विगत १० वर्षदेखि अटोमोटिभ क्षेत्रमा आवद्ध रहेका अटोमाण्डुका संचालक राहुल शर्माले भने, ‘अटो माण्डु एक व्यवस्थित सर्भिस स्टेशन हो । हामीले गुणस्तरिय तथा टिकाउ सामान प्रयोग गर्छौ । ग्राहकलाई सन्तुष्ट बनाउछौं । युवाहरको पहिलो रोजाई अटो माण्डु बन्न सफल हुनेछ । हामी नाफामुखीभन्दा पनि स्तरिय सेवा प्रदान गर्छौ । मल्टिब्राण्ड सर्भिसिङ सेन्टर हो अटो माण्डु । कर्पोरेट सर्भिसिङ प्लान हामीले बनाएका छौं ‘ ।

सर्भिसिङ सेन्टरसँगै क्याफे तथा रेष्टुरेन्ट पनि संचालनमा छ । वाइक तथा स्कुटर सर्भिसिङ हुदैगर्दा रिफ्रेसमेन्टका लागि क्याफे जान पनि सकिन्छ र कस्टमरका लागि लवि पनि छ ।

अटोमाण्डुमा करिव २ करोड रुपैयाँभन्दा धेरै लगानी भएको शर्माले जनाकारी दिए । अटोमाण्डुमा १५ जनाले रोजगारी पाएका छन् ।






Comments are closed.