अटोमोबाइल व्यवसाय आइतबार, मंगलबार र बिहीबार खुल्ने

काठमाडौं । असार ८ गतेबाट अटोमोबाइल व्यवसाय सञ्चालनमा आउने भएका छन् । निशेधाज्ञालाई खुकुलो बनाउँदै सातामा ३ दिन यी व्यवसाय सञ्चालन गर्न सकिने व्यवस्था लागु गरिएको छ ।

काठमाडौं उपत्यकमा अटोमोबाइल शोरुम र अटोमोबाइल पार्टस्का पसलहरु आइतबार, मंगलबार र बिहीबार बिहान ११ देखि दिउसो ४ बजेसम्म खोल्न सकिने व्यवस्था लागु गरिएको हो ।

दोस्रो चरणको कोरोना महामारी बढेसँगै वैशाख १६ गतेबाट लागु भएको निशेधाज्ञासँगै यी व्यवसाय बन्द भएका थिए ।

footwear zone

 

You might also like

Comments are closed.