ट्रेडिङतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने अटोवेज प्रालिलाई सम्मान

पोखरा । अटोमोबाइल क्षेत्रमा बिगत २० वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आइरहेको अटोवेज प्रालि पोखरा उत्कृष्ट करदाता सम्मानबाट सम्मानित भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ट्रेडिङतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजश्व कार्यालय पोखराले अटोवेजलाई सम्मान गरेको हो ।

राष्ट्रिय कर दिवस २०७९ का अवसरमा बुधबार आयोजित एक कार्यक्रमबीच प्रालिका प्रवन्ध निर्देशक नारायणप्रसाद पौडेलले सम्मानपत्र ग्रहण गरेका छन् ।

footwear zone

अटोवेज ग्रुपले अटोमोबाइलसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि लगानी गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.