पोखरा । बालबालिकाहरुभित्र लुकेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले बेबी ल्याण्डको पोखरास्थित न्यूरोड स्टोरमा शुक्रबार ‘बेबी फेशन शो’ सम्पन्न भएको छ ।
शुक्रबार ६ महिनादेखि २ वर्ष, २ देखि ५ वर्ष र ५ देखि ८ वर्ष उमेर समुहबीच उक्त शोमा प्रतियोगिता भएको थियो । फेशन शो हुनु पुर्व गरिएको अडिसनमा सहभागी ९८ जना मध्ये प्रत्येक उमेर समुहबाट दशर दश जना प्रतियोगी गरी ३० जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।
उक्त फेशन शो मा ६ महिनादेखि २ वर्ष उमेर समुहबाट प्रेसियस गुरुङ, २ वर्षदेखि ५ वर्ष उमेर समुहबाट दर्शन गुरुङ र ५ देखि ८ वर्ष उमेर समुहबाट काभ्या गुरुङ विजयी भएका छन् ।

विजयी प्रत्येक बालबालिकालाई पाँच हजारको शपिङ भौचरका साथै मिमि ब्राण्ड तथा डक्टर ब्राउन ब्राण्डको तर्फबाट गिप्ट हयाम्पर प्रदान गरिएको थियो । कार्यक्रममा निर्णायक टिमका रत्ना बज्राचार्य, प्रिती श्रेष्ठ र मोहम्मद सिद्धिकीले विजयी भएकाहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
नेपालको पहिलो बेबी कन्सेप्ट स्टोर बेबील्याण्डको पहिलो प्रस्तुती ‘बेबी फेशन शो’ लाई सफलतापुर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाउन सहयोग गर्ने आयोजक टिम, सपोर्ट टिम, मिडिया टिमलगायत प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्ने सम्पूर्णलाई बेबील्याण्डका प्रबन्ध निर्देशक रत्ना बज्राचार्यले धन्यवाद दिएकी थिइन् ।
साथै सहभागीका अभिभावकको तर्फबाट नगेन्द्र थापाले शुभकामना मन्तव्य राख्दै बेबील्याण्डले साना बालबालिकाहरुलाई फेशन शो को माध्यमबाट प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नु नै महत्वपूर्ण भएको बताउदै भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जानुपर्ने बताए ।




Comments are closed.