बेबील्याण्डको सेवा २९औं वर्षमा, काठमाडौंमा स्टोर खोल्ने तयारी

पोखरा । पोखराको बेबील्याण्ड स्थापनाको २९औं वर्ष प्रवेश भएको छ । बेबील्याण्डले सोमबार २८औं वार्षिकोत्सव मनाएको छ । वार्षिककोत्सवको अवसरमा बेबील्याण्डका संस्थापक प्रदीप बज्राचार्यले परिवारजन, कर्मचारी, ईष्टमित्र, ग्राहक, सप्लायर्स, बैंक वित्तीय संस्था, राज्यका विभिन्न अंग, सामाजिक संघ संस्था, पत्रकारm मिडिया हाउस लगायत सम्पूर्णमा आभार व्यक्त गरेका छन् । ‘२८ वर्षसम्मको निरन्तर साथ सहयोग र हौसलाप्रति हार्दिक आभार प्रकट गर्दछौं,’ उनले भनेका छन् ।

बच्चाहरुको हरेक प्रकारका सामानहरुको बिशेष ब्राण्ड स्टोर ‘बेबील्याण्ड’ चिप्लेढुंगा, पोखरामा २०५१ वैशाख ५ गते स्थापना भएको हो । हाल न्यूरोड पोखरामा रिटेल स्टोर, सिद्धार्थ चोक पोखरामा प्ले शोरुम तथा बालाजु काठमांडौमा बेबील्याण्डमल अनलाइन अफीस संचालनमा छ । बेबील्याण्ड नेपालको पहिलो र एकमात्र ट्रेडमार्क रजिष्टर्ड कम्पनी हो ।

‘बच्चाहरुको खुशीनै परिवारको खुशी’ नारा र नेपालको व्यावसायिक क्षेत्रमा केहि नयाँपन दिनुपर्छ र कुनैपनि काम नयाँ होइन नयाँढंगले गर्नुपर्छ भन्ने सोंचका साथ शुरुवात गरिएको यस व्यवसायले आज बेबील्याण्डको नामबाट अन्य धेरै बेबी स्टोर हरु संचालनमा रहेकोबाट स्पष्ट हुन्छ । ‘जसले गर्दा आज हामी आफूलाई नेपालको पहिलो र एकमात्र ट्रेडमार्क रजिष्टर्ड कम्पनी भनिरहनुपर्ने अवस्था सृजना भएको छ,’ बज्राचार्य भन्छन्, ‘एउटा उद्यमीको हैसियतले बेबी स्टोरको क्षेत्रमा उद्यमशीलता सृजना गर्न सफल भएकोमा हामी खुशी छौं ।’

footwear zone

निकट भविष्यमा कम्पनीलाई ब्रान्डिङ गर्ने तथा काठमाडौंमा स्टोर खोल्ने योजना रहेको बज्राचार्यले जानकारी दिए । ‘काठमाडौंमा एक वर्षभित्रै स्टोर्स खोल्ने योजना छ,’ उनले भने ।

बेबील्याण्ड स्थापनाको २८औं वार्षिक उत्सवको अवसरमा चैत्र २० गतेदेखि २०७९ वैशाख ५ गतेसम्म चिप्लेढुंगा र न्यूरोड आउटलेटमा ‘बेबील्याण्ड कारनिभल–२०७९’ आयोजना भएको थियो । कारनिभलमा ग्राहकले हरेक दिन विभिन्न क्याटागोरीका सामानमा २५ प्रतिशत छुट साथै चकलेट, आईसक्रीम, गेम, बेलुन, फोटो सुट लगायत विभिन्न आकर्षणहरु उपहार प्राप्त गरेका थिए ।

स्टोरले हालै संचालनमा ल्याएको ‘बेबील्याण्ड मल अनलाइन’ मा शपिङ गर्ने ग्राहकलाई नेपाल भरी निःशुल्क डेलिभरीको व्यवस्था रहेको बज्राचार्यले जानकारी दिए । जन्मेदेखि १२ वर्षसम्मका बच्चाहरुको फेसनेबल लुगा, जुत्ता, खेलौना, साइकल, ट्राइसाइकल, वाकर, बेड, झुलुंगा, स्ट्रोलर, ईलेक्ट्रीकल कार जिप, बाइक लगायत सम्पूर्ण सामानको कलेक्सन बेबील्याण्डमा छ ।

You might also like

Comments are closed.