पोखरा । कास्की शारीरिक सुगठन संघको अध्यक्षमा युवा व्यवसायी वैभव पौडेल सर्वसम्मत चयन भएका छन् हालै पोखरामा आयोजित भेलाले उनको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा ई.उत्तम उदास, सचिवमा बामदेव सुवेदी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा विश्व थापा, दीपेन्द्र भारी, देउ बहादुर नेपाली, सरोज बास्तोला र हसन गुरुङ चयन भएको बताइएको छ ।

अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्ने सम्पूर्णप्रति अध्यक्ष पौडेलले आभार व्यक्त गरेका छन् ।




Comments are closed.