पोखरा । नेपाल चीन उद्योग वाणिज्य संघ गण्डकीको अध्यक्षमा वैभव पौडेल चयन भएका छन् ।
नेपाल चीन उद्योग वाणिज्य संघले पोखराका पर्यटन व्यवसायी वैभव पौडेललाई गण्डकी प्रदेश समितिको अध्यक्षमा मनोनित गरेको संघका अध्यक्ष त्रिभुवनधर तुलाधरद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।
नेपाल र चीनबीच आर्थिक सामाजिक सम्बन्ध विस्तार गर्ने तथा व्यापार र लगानी सहजीकरण गर्ने संघको मूल उद्देश्यका लागि महात्वपूर्ण भूमिका रहने अपेक्षा गरको पत्रमा उल्लेख छ ।






Comments are closed.