बजाजको ‘बजाज पाँचको पन्च’ योजन, १० लाखसम्म जित्ने मौका

पोखरा । नयाँ वर्ष २०७९ लाई लक्षित गरी ‘बजाज पाँचको पन्च’ योजना सार्वजनिक भएको छ । नेपालको लागि बजाज अटोको एकमात्र आधिकारिक विक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकका लागि यो योजना सार्वजनिक गरेको हो ।

पोखराका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल्स हो । यो योजना अन्तर्गत ग्राहकले पाँच पटकसम्म विभिन्न सुविधा र नगद जित्ने मौका पाउनेछन् । यो योजना अनुसार बजाजका कुनै पनि मोटरसाइकल खरिद गर्दा ग्राहकले सोचेर, हेररे, किनेर, भनेर र बम्परमा पाँच चोटि जित्ने मौका पाउन सक्ने इच्छाशक्तिका व्यवस्थापक भगवान बिजुक्छेले जानकारी दिए ।

ग्राहकले बजाजको विज्ञापन आफ्नो फेसबुक पेजमा पोस्ट गरेबापत १ हजार रुपैयाँ जित्नेछन् । बजाजको सोरुममा गएर आफ्नो छनोटको बाइक रोजेपछि ग्राहकले ५० हजार रुपैयाँसम्म छुट प्राप्त गर्ने मौका दिइनेछ । जुन छुट बाइक किन्ने बेलामा प्रदान गरिनेछ ।

footwear zone

बाइक किन्ने प्रक्रिया सुरू गरेपछि फेसबुकमा पोस्ट गरे वापत सोरुममा गएर बाइक रोजे बापतको र किन्नलाई बुकिङ गर्दा पाइने १ लाख रुपैयाँसम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिनेछ । अफरका बारेमा अरूलाई रिफर गरेपछि ती रिफरवालाले बाइक किनेमा ३ पटक निःशुल्क सर्भिसिङ सेवा दिने कम्पनीले जनाएको छ । यसबाहेक कम्पनीका अनुसार बम्पर पुरस्कार स्वरुप १० लाख नगद रुपैयाँसम्म जित्ने मौका पनि छ ।

You might also like

Comments are closed.