बजाजको खरिदमा हेमजाका बद्री पौडेलले पाए एक किलो चाँदी

अरुण बयाली, पोखरा । बजाज मोटरसाइकलको खरिदमा कास्कीको हेमजाका बद्री पौडेलले एक किलो चाँदी उपहार प्राप्त गरेका छन््् । १५० सिसीको पल्सर बाइक खरिद गरेका उनले लक्की ड्रका आधारमा उपहार जितेका हुन् ।

बुधबार पोखरामा आयोजित एक कार्यक्रमबीच बजाजको आधिकारिक बिक्रेता इन्छाशक्ति अटोमोबाइल्सका अध्यक्ष इच्छामान बुद्धाचार्यले उपहार हस्तान्तरण गरेका छन् । उक्त अवसरमा बोल्दै उपहार बिजेता पौडेलले बजाज खरिदमा एक किलो चाँदी उपहार पाउँदा खुसी लागेको बताए ।

नयाँ वर्षको अवसरमा बजाजले २५ जना ग्राहकलाई एक÷एक किलो चाँदी उपहार प्रदान गर्ने गरी उपहार योजना सार्वजनिक गरेको थियो ।

footwear zone

२५ प्रतिशत डाउनपेमेन्टमा बजाजको कुनैपनि बाइक खरिद गर्न सकिने र १० हजार रुपैयाँ स्योरसट क्यास डिस्काउन्ट उपलब्ध इच्छाशक्ति अटोमोबाइलका एचआर म्यानेजर भगवान बिजुक्छेले जानकारी दिए ।

You might also like

Comments are closed.