काठमाडौं । हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई संघीय सरकारबाट ३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ ।
जिल्लाका चार पालिकालाई सङ्घ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो ।सबैभन्दा बढी मनाङ प्रवेश पालिका नासों गाउँपालिकालाई रु१९ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ ।
चामे गाउँपालिकालाई रु१६ करोड ९७ लाख, मनाङ ङिस्याङ गाउँपालिकालाई रु१६ करोड ४४ लाख र नार्पाभूमि गाउँपालिकालाईरु१४ करोड २४ लाख बजेट विनियोजन भएको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिए ।

संघीय सरकारले सशर्त, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ । संघ सरकारले रणनीतिक (मनाङको मेरुदण्ड) डुम्रे-बेँसीसहर-चामे मनाङ सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ । \
बहुवर्षीय योजनाका रूपमा संघ सरकारले रु६१ करोड २८ लाख बजेट विनियोजन गरेको छ ।प्रदेश सरकारले दिने अनुदान, संघीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट निर्धारण गरेको छ ।
संघीय सरकारको बजेट आएसँगै मनाङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट निर्धारणका लागि योजना तर्जुमा भेला गरी सुझाव संकलन गरिरहेका छन् ।




Comments are closed.