नेपाली बजारमा बज्र ग्रुपको तीन दशक पूरा, वुलिङ ईभी नेपाल भित्र्याउने तयारी

काठमाडौं । बज्र ग्रुप ३१ वर्षमा प्रवेश गरेको छ । नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको कारोबार गर्दै आएको बज्र ग्रुपले तीन दशक पार गरेको हो । सो अवसरमा ग्रुपले आगामी दशैंसम्ममा नेपाली बजारमा इन्डोनेसियामा निर्मित वुलिङ (Wuling) ब्रान्डको ईभी भित्र्याउने घोषणा गरेको छ ।

अमेरिकी कम्पनी जनरल मोटर्सको सब्सिडी कम्पनीको रुपमा रहेको वुलिङ ईभी नेपाली बजारमा ल्याउने बज्र ग्रुपका म्यानेजिङ डाइरेक्टर प्रकाश बज्राचार्यले बताए । नेपाली बजारमा वुलिङ ईभीका २०० किलोमिटर र ३०० किलोमिटर रेन्ज तथा ५० किलोवाट क्षमता भएको र १०० किलोमिटर प्रतिघण्टाको स्पिडमा जान सक्ने फोर सिटर उपलब्ध गराउने बज्राचार्यले बताए ।

आधारभूत आवश्यकतालाई पुरा गर्न सक्ने र ग्राहकले आफ्नो खर्चले धान्न सक्ने इलेक्ट्रिक कार नेपाली बजारमा उपलब्ध गराउने उनको भनाइ छ ।
एउटा सानो पसलबाट शुरुवात गरेको व्यवसाय कोहलरलगायतका स्यानिटरी हुँदै सन सिटी, बज्र सांग्रिला र मेरो सिटी जस्ता अपार्टमेन्टको व्यवसायसम्म फैलिन सफल भएको छ ।

footwear zone

बज्र ग्रुपले कोभिडको समयमा मास्कको मागलाई मध्यनगर गर्दै नेपालमै म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गरी बज्र मास्क बजारमा उपलब्ध गराएको थियो । साथै पोस्ट कोभिड पश्चात इलेक्ट्रिक सवारीको माग बढ्दै गएपछि बोस कम्पनीको मोटरयुक्त चीनमा उत्पादित लेभ्निङका टु ह्विलर र थ्री ह्विलर बजारमा उपलब्ध गराएको ग्रुपका म्यानेजिङ डाइरेक्टर बज्राचार्यले बताए ।

पहिले स्यानिटरी, त्यसपछि हाउजिङ एन्ड अपार्टमेन्टको व्यवसाय पश्चात मास्क र अब इलेक्ट्रिक सवारीको व्यवसायमा लाग्ने योजनाका साथ बज्र ग्रुपले कार्य गरिरहेको उनले बताए । बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले हाल लेभ्निङ इलेक्ट्रिक स्कुटरको बिक्री–वितरण गरिरहेको छ । वुलिङ ईभीको कारोबार पनि ईभी नेपाल मोटर्सले नै गर्नेछ ।

You might also like

Comments are closed.