नेउवा संघ गण्डकी प्रदेशको उपाध्यक्षमा ढकालको उमेदवारी

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको पुस ११ गते हुने दोस्रो कार्यकारिणी सदस्यको निर्वाचनमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले उम्मेदवारी दिने भएका छन् ।

लेखनाथ उद्योग बाणिज्य संघको विहिवार बसेको १७ औं कार्यसमितिको बैठकले अध्यक्ष ढकाललाई जिल्ला तथा नगर उद्योग वाणिज्य संघ उपाध्यक्ष पदमा सर्वसम्वत रुपमा उठाउने निर्णय गरेको हो ।

नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको पुस ११ गते शनिवार पोखरामा हुने दोस्रो कार्यकारीणी समितिको निर्वाचन तथा चौथो साधारण सभामा संघका अध्यक्ष ढकाललाई जिल्ला तथा नगर उद्योग वाणिज्य संघ उपाध्यक्षमा उठाउने निर्णय गर्दै सवैको साथ र सहयोगका लागि अपिल समेत गरिएको छ ।

footwear zone

गण्डकी प्रदेश अन्तरगत रहेका जिल्ला तथा नगर उद्योग बाणिज्य संघ, एशोसियट सदस्य र वस्तुगत संघकोे प्रतिनिधित्व मुलक छाता संगठनको रुपमा रहेको नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको बर्तमान कार्यसमितिमा ढकाल कोषाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।

You might also like

Comments are closed.