नेपाल घरेलु तथा साना उद्योग महासंघ कास्कीमा गौतम

पोखरा । नेपाल घरेलु तथा साना उद्योग महासंघ कास्कीको अध्यक्षमा बलराम गौतम निर्वाचित भएका छन् । महासंघ कास्कीको १३औं बार्षिक साधारण तथा सातौं अधिवेशनबाट गौतम अध्यक्षमा सर्वसम्मत निर्वाचितभएका हुन् ।

महासंघको बरिष्ठ उपाध्यक्षमा भानुभक्त भण्डारी, उपाध्यक्षमा भरतमणी पाठक, महिला उपाध्यक्षमा बृन्दा सुवेदी, महासचिवमा पुष्पराज पौडेल, कोषाध्यक्षमा गणेश श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा चुडामणि बराल, लक्ष्मि के.सी, ज्योति अधिकारी , कल्पना तिमल्सिना, शम्भुनाथ योगि, कुबेर राई, दुनाराम न्यौपाने, जनक राज सुवेदी, भोला नाथ पोख्रेल, रुक्मागत भण्डारी निर्वाचित भएका छन् ।

footwear zone

महिला उद्यमी समितिको अध्यक्षमा वृन्दा सुवेदी, वरिष्ठ उपाध्यक्ष बसन्त के.सी, उपाध्यक्ष सुन्ती पूर्जा,महासचिव निरु पराजुली, कोषाध्यक्ष शान्ता पौडेल रहेका छन् । सदस्यहरुमा शुष्मामाया पाण्डे, कल्पना तिमिल्सिना, ज्योती अधिकारी र मधु पूरी निर्वाचित भएका छन् ।

महासंघका अध्यक्ष महाप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष शुभाष सिग्देल र संचालन कोषाध्यक्ष भानुभक्त भण्डारीले गरेका थिए ।

महासंघका केन्द्रीय अध्यक्ष श्याम रिगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश अध्यक्ष हरीहर थापा, केन्द्रीय कोषाध्यक्ष सत्यनारायण प्रजापती, केन्द्रीय सदस्य माधव पारजुली, प्रदेश उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, महिला उद्यमी प्रदेश संयोजक मिना पराजुली, सदस्य चिनु गुरुङ, पत्रकार कृष्णप्रसाद बाँस्तोला लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.