इप्पानको महासचिवमा बलराम खतिवडा

काठमाडौं । ऊर्जा व्यवसायीहरुको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुकोे संस्था नेपाल (इम्पान)को महासचिवमा बलराम खतिवडा निर्वाचित भएका छन् । महासचिवमा उनको मात्रै उम्मेदवारी कायम भएपछि उनी निर्विरोध भएका हुन् ।

३२ गते हुने निर्वाचनका लागि हिजो मनोनयन दर्ता भएको थियो । महासचिवमा खतिवडासँगै बिनोद देवकोटाको पनि उम्मेदवारी परेको थियो । निर्वाचन समितिले विदान अनुसार योग्यता नपुगेको भन्दै देवकोटाको उम्मेदवारी खारेज गरेको छ ।

इप्पानमा निर्विरोध भएका महासचिव खतिवडाले ऊर्जा व्यवसायीहरुको हकहितका काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

footwear zone

‘नेपालका विद्युत् उत्पादनको प्रचुर सम्भावना छ, यसले गति लिने संकेत पनि नदेखिएका होइनन् अन्तरराष्ट्रिय बजारमा नेपालमा उत्पादित विद्युत्को व्यापारमा अझै पनि धेरै समस्या विद्यामान छन् । नीतिगत, प्राविधिक तथा प्रयोगात्मक बाधालाई फुकाउन तथा अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी मूल्यमा नेपालमा उत्पादित विद्युत् व्यापार गर्ने गराउने अवस्था सृजना नभएसम्म हाम्रो ऊर्जा उत्पादनको अर्थ रहँदैन । अहिले यस क्षेत्रमा लगानी बढाउनको लागि सराकारी मात्र होइन निजी क्षेत्रको सक्रियता अझै बढ्दै गएको छ । सरकारसँग विद्युत खरिद–विक्री सम्झौता (पीपीए) गर्नको लागि आवेदन गरेका सम्पूर्ण आयोजनाको पीपीए सम्झौता हुन सकेको अवस्था पनि छैन,’ उनले भने ।

ऊर्जा आयोजनाहरुको लागि ऋणमा लाग्ने ब्याजलाई एकल अंक र स्थिर ब्याज दरमा ऋण प्रदान गर्ने व्यवस्था गराउन पहल गरिनुपर्ने उनले बताए ।

‘बैंक तथा वित्तीय संस्थाहरुले उर्जा क्षेत्रको लगानी सुनिश्चितता गराउन राष्ट्र बैंक नीति ल्याउनु पर्छ । बैंक तथा वित्तीय संस्थाहरु तथा धितोपत्र बजारमा संस्थापक शेयरधनीहरुले आयोजनाको निर्माण तथा संचालनको चरणमा सामना गरिरहेका समस्याहरुलाई सरकारको सम्बन्धित निकाय समक्ष पुराउन र ऊर्जा उत्पादकको मागहरुको सम्बोधन हुन सकेका छैनन् । आयोजना निर्माणका क्रममा धेरै समस्या बेहोर्नु परेको अवस्था छ ।आयोजना निर्माणको लागि विष्फोटक पदार्थहरुको खरिद, आयात, ढुवानी, भण्डारण तथा प्रयोगको चरनमा विद्यमान रहेका लामो तथा झन्झटिलो प्रक्रियाहरू छन् । ऊर्जा उत्पादकले पटक पटक आफ्ना सवाललाई उठाउँदै आएका छन् तर सम्बन्धित निकायको ध्यान समस्या समाधानका गएको कमै देखिन्छ,’ उनले भने।

You might also like

Comments are closed.