लोकप्रिय मतसहित कोइराला पोउवासंघमा विजयी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी बालकृष्ण कोइराला निर्वाचित भएका छन् ।

पवन प्रजापती प्यानलबाट प्रतिस्पर्धा गरेका कोइराला लोकप्रिय मतसहित कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् । संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेश बास्तोला, उपमहासचिवमा शोभा गौतम विजयी भएका छन् ।

footwear zone

You might also like

Comments are closed.