‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजनामा आकर्षक उपहार जित्ने अवसर

काठमाडौं । चाडपर्वको समयमा ग्राहकलाई लक्षित गर्दै बाल्ट्राले ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना ल्याएको छ । बाल्ट्राको कुनै पनि प्रोडक्ट किन्दा लक्की ड्र मार्फत हरेक हप्ता पाँच जनाले उपहार जित्न सक्ने छन् ।

यो योजनाअन्तर्गत इन्डक्शन कुकिङ सेट किन्दा इन्डक्शन कुकटप, प्रेसर कुकर, कढाइका साथै बम्परमा पाँच जनाले १—१ तोला सुन जित्न सक्नेछन् । नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलरबाट बाल्ट्राको जुनसुकै प्रोडक्ट खरिद गर्ने ग्राहकले यस प्रतियोगितामा सहभागीता जनाउन सक्नेछन् ।

यसमा सहभागी हुनको लागि BALTRA BBB VAT/PAN BILL NO. NAMEOFBUYER टाईप गरी 31007 मा SMS गर्नुपर्नेछ । उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट/प्यान बिल ल्याउनु पर्नेछ । साथै उपहारमा लागू हुने कर विजेता आफैंले व्यहोर्नु पर्नेछ । भदौ २८ देखि सुरु भएको यो योजना कार्तिक १४ गतेसम्म लागू हुनेछ ।

footwear zone

You might also like

Comments are closed.