काठमाडौं । बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार आगामी माघ १ गतेदेखि सञ्चालनमा आउने भएको छ । लुम्बिनी केबलकार प्रालिको आज सम्पन्न साधारण सभाले आगामी माग १ गतेदेखि व्यावसायिक रूपमा केवलकार सञ्चालन गर्ने निणर्य गरेको हो ।
त्यसैगरी, सभाले लुम्बिनी प्रदेशको बुटवल बमघाटदेखि बसन्तपुरसम्म आगामी माघ १ गतेदेखि केबलकार सञ्चालन गरी एक बराबर एक राइट सेयर दिने निर्णय भएको सञ्चालक समितिका अम्बिकाप्रसाद पौडेलले जानकरी दिए ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका-३ बसन्तपुरसम्म तीन किलोमिटर दूरीमा केबलकार सञ्चालन गरिन लागेको हो ।

केबलकार सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका विषयमा सरोकारवाला र स्थानीय जनताबीमा सार्वजनिक सुनुवाइ कार्यक्रम समेत भइसकेको छ ।




Comments are closed.