बन्दीपुर केवलकारमा एसबिआई र एनएमबी बैंकले लगानी गर्ने, स्वागत गन्तव्य बन्दै बन्दिपुर

काठमाडौं । ‘पहाडकी रानी’ भनिने मुलुककै ऐतिहासिक पर्यटकीय गन्तब्य तनहुँको बन्दीपुर मा निर्माण भइरहेको बन्दीपुर केवलकार सहितका परियोजनामा दुई बैकंले लगानी गर्ने भएका छन । बन्दीपुर केवलकार प्रा.लि. र नेपाल एसबिआइ बैंक लि.को नेतृत्वमा एनएमबि बैंक लिमिटेडका बिच ऋण लगानीका लागि मंगलबार सम्झौता भएको हो ।

फाइनान्सियल क्लोजर अन्तर्गत बन्दीपुर केवलकार एण्ड टुरिजम परियोजनाको लागत १ अर्ब ६६ करोड ८९ लाख रुपैयाँ मध्ये दुई चरणमा लगानी गर्ने समझदारी गरिएको छ । दुबै बैंकले गरि १ अर्ब ५ करोड भन्दा बढी लगानी गर्नेछन् । पहिलो चरण अन्तर्गत ७० करोड रुपैयाँ लगानी हुनेछ । त्यसबाट केवलकार, रेस्ट्रो जोन र रिक्रियशन सञ्चालनमा ल्याउने योजना रहेको बन्दीपुर केवलकार प्रा.लि.का अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

दोस्रो चरणको होटेल सहितको पूर्वाधारलाई सञ्चालनमा ल्याउने गरी थप ३५ करोड रुपैयाँ कर्जा सुनिश्चिता गरिएको छ । बन्दीपुर केवलकार परियोजनाका लागि लगानीकर्ताका तर्फबाट आरकेडी रियल स्टेट एण्ड कन्स्टरक्सन लि. र टुरिजम इन्भेस्टमेन्ट फण्ड लिमिटेडले ६१ दशमल ५ प्रतिशत, पन्चासे केवलकार एण्ड टुर्स लिमिटेडले २५ दशमलब ५ र बन्दीपुर गाउँपालिका लगायत स्थानीय लगानीकर्ताको १४ दशमलब ५ प्रतिशत लगानी गर्नेछन् ।

footwear zone

‘निर्माणको चरणमा रहेको बन्दीपुर केवलकार सहितको पर्यटन परियोजनामा लगानीकर्ताको टुंगो लागेपछि परियोजना निर्माण कार्य समयमा नै सकिने विश्वास लिएका छौं,’ कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले भने, ‘गण्डकी प्रदेशको आकर्षक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न लगानी सम्झौता एउटा महत्वपूर्ण घटना सावित हुनेछ ।’

आगामी १० वर्ष भित्र बन्दीपुर अवधारणा देशव्यापी रुपमा स्थापित भइसक्ने र १० हजार माथिको रोजगारीको ग्यारेन्टी गर्ने महत्वकांक्षी योजना समेत बनेको अध्यक्ष शर्माले बताए । कम्पनीले स्थानीय शेयरधनीहरुलाई थप व्यावसायिक रुपमा प्रबद्र्धन गर्न ३ दशमलब ५ प्रतिशत ब्याज दर निर्धारण गरी २० करोड बराबरको सहुलियत पूर्ण कर्जा सुबिधा उपलब्ध गराउने घोषणा समेत गरेको छ । यस कर्जाको लागि बन्दीपुर केवलकारले यस अघि नै बैंकसंग प्रस्ताब र जमानीको ग्यारेन्टी गर्ने बनाइसकेको छ।

ऋण सम्झौता कार्यक्रममा बोल्दै बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिङ थापाले बन्दीपुरलाई गण्डकी प्रदेशको स्वागत गन्तव्य बनाउन परियोजनाले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे । परियोजना सम्पन्न गर्न पालिकाको तर्फबाट सबै प्रकारका सहयोग उपलब्ध गराउने उनको प्रतिबद्धता छ ।

परियोजनामा केवलकारबाट सिधै चार तारे होटेलमा प्रवेश पाइनेछ । जहाँबाट सूर्योदय, ह्वाइट सी, सीस महल, वाक्स म्युजियम, प्लानेटरियम , भुत बंगला, भ्युज रुम, १ हजार जना अट्ने क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन, स्विमिङ पुल र ६६ कोठाको होटेल निर्माण हुनेछ ।

कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जी जम्प, अग्लो मेकानिकल स्विंग, म्युजिकल वाटर शो समेत बनाउने तयारी गरेको छ । जसले दशौँ हजार पर्यटक बन्दीपुरमा लैजाने रणनीतिक योजना बुनेको कम्पनीले जनाएको छ । केही महिना भित्र बटम स्टेशनमा सुबिधा सम्पन्न रेस्ट्रो जोनको व्यावसायिक सुरुवात गर्ने लक्ष्य कम्पनीको छ ।

You might also like

Comments are closed.