लेउवा संघका पूर्व कर्मचारी तथा व्यवसायी बञ्जराको निधन

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको स्थापना कालदेखि १० वर्षसम्म काम गरेका पुर्व कर्मचारी तथा बुढिबजार बजार व्यवस्थापन समितिका सदस्य आनन्द बञ्जराको निधन भएको छ । ४६ वर्षको उमेरमा बुधबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पोखरा २६ बुढिबजारमा होटल व्यवसाय संचालन गर्दै आएका बञ्जराको बुधबार जण्डिस रोगको उपचारकै क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको हो । लेखनाथ उद्योग वाणिज्य संघका व्यवसायी सदस्य समेत रहेका बञ्जरा स्थानीय टोल विकास, बजार व्यवस्थापनदेखि सहकारीहरुमा सक्रिय थिए ।

स्वर्गीय बञ्जराको बिहीबार सेती नदिको रामघाटमा हिन्दु धर्म परम्परा अनुसार अन्तिम दाहासस्कार गरिएको छ । स्वर्गीय बञ्जराका श्रीमती र दुई छोरीहरु छन् ।

footwear zone

यसैबीच लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले शोक विज्ञप्तीमार्फत बञ्जराको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

You might also like

Comments are closed.