‘द ब्यारोन एक्स्ट्रा प्रिमियम’ ह्विस्कीको बजार प्रवर्दन कार्यक्रम

काठमाडौं । ‘द ब्यारोन एक्स्ट्रा प्रिमियम’ ह्विस्कीलाई काठमाडौं पश्चिम क्षेत्रमा सार्वजनिक गरिएको छ । सोल्टी ब्याङक्युट सोल्टी मोडमा शुक्रबार एक कार्यक्रमबीच ह्विस्की सार्वजनिक गरिएको हो । शुक्रबार काठमाडौं पश्चिम क्षेत्रलाई लक्षित गरी ह्विस्की सार्वजनिक गरिएको कम्पनीका मार्केटिङ म्यानेजर मिलन भण्डारीले जानकारी दिए । कार्यक्रममा सविन राई एण्ड फ्यारोको सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा रिजनल डिष्ट्रिव्युटर्स, डिष्ट्रिव्युटर्स, होलसेल, रिटेल मदिरा व्यवसायीहरुको सहभागिता रहेको थियो । यस अगाडि भक्तपुर, धुलिखेल, काठमाडौं पूर्वका केही भागहरुमा ह्विस्की सार्वजनिक कार्यक्रम भइसकेको छ । कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने भण्डारीले जानकारी दिए ।

कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका प्रतिनिधि राजन केसी, काठमाडौं जिल्ला मदिरा संघका अध्यक्ष गोविन्द बराल, काठमाडौं पश्चिमका रिजनल डिष्ट्रिव्युटर्स अमिर बिडारी, समिर बिडारी लगायतले बोलेका थिए ।

footwear zone

शंकर ग्रुप अन्तर्गतको जगदम्बा अल्को वेभ प्रा.लि.ले ‘द ब्यारोन एक्स्ट्रा प्रिमियम’ ह्विस्की गत मंसिरबाट बजारमा ल्याएको हो । यो ह्विस्की देशभरको बजारमा पुगिसकेको कम्पनीले जनाएको छ ।

५ वर्ष पुरानो स्कचको प्रयोग गरी बनाइएको द ब्यारोन एक्स्ट्रा प्रिमियमले छोटो समयमा नेपाली उपभोक्ताहरुको विश्वास जित्न सफल भइसकेको कम्पनीका सिओओ रमेश कन्थामनेनीले बताए । ‘तीन वटा स्कच मिलेर बनाइएको यो ह्विस्की युनिक प्याकेजिङमा बजारमा उपलब्ध छ,’ उनले भने, ‘प्याकेजिङ र टेष्ट राम्रो भएकाले बजारमा आएको छोटो समयमा ग्राहकबाट राम्रो प्रतिक्रिया पाएका छौं ।’

द ब्यारोन एक्स्ट्रा प्रिमियमको मूल्य ७५० एमएलको ११२०, ३७५ एमएलको ५६० र १८० एमएलको २८० रुपैयाँ कायम गरिएको छ । यो रेन्जमा बजारमा उपलब्ध ह्विस्कीहरु मध्ये द ब्यारोन उत्कृष्ट रहेको बजारबाट प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ ।

 

You might also like

Comments are closed.