उपमहासचिव वर्षमान पुन डिस्चार्ज

काठमाडौं । चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन् ।

वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी पुन आज डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ। पुनको ८५ प्रतिशतसम्म कलेजोमा समस्या देखिएपछि चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन्।

footwear zone

माघी मनाउनका लागि रोल्पा गएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार हेलिकप्टरोमार्फत् काठमाडौं ल्याइएको थियो । चिकित्सकले पर्याप्त आराम गर्न र धपेडी नगर्नसमेत नेता पुनलाई सुझाव दिएका छन्।

You might also like

Comments are closed.