बास्कोटोको निष्ठाका यात्रा नामक कृतिको लोकार्पण

काठमाडौं ।  राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष तथा सल्लाहकार डा. दीपकप्रकाश बास्कोटाको आत्मकथामा आधारित निष्ठाको यात्रा नामक कृतिको बिहीबार एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ ।

पूर्व गृहराज्य मन्त्री, राष्ट्रिय सहकारी विकास बोर्डका प्रथम अध्यक्ष तथा नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष एवं भावातीत ध्यानका नेपालका प्रवद्र्धक समेत रहेका डा.बास्कोटाको सो पुस्तक राष्ट्रिय सभागृहमा लोकार्पण गरिएको हो ।

सो कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कडेलले बास्कोटाको सहकारी यात्राको विषय र पुस्तकका विषयमा समिक्षा गरेका थिए । सो पुस्तकको विषयमा बास्कोटाले भने, ‘यो पुस्तकमा मेरो जीवनमा करिब अर्धशतकीय कर्म विवरणहरु झक्लिनुका साथै कर्मशील जीवन यात्रामा बेहोरेका अनेक बाधा व्यवधानलाई संक्षिप्त रुपमा उतारेको छु ।’

footwear zone

प्रा.डा.कुलप्रसाद कोइरालाका अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री कुलबहादुर गुरुङ, नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला, अर्जुननरसिंह केसी, सहकारी अभियान्ताहरु, राजनीतिकर्मीहरु, प्राध्यापक, योग शिक्षकहरुलगायत उपस्थिति भएका थिए ।

 

 

You might also like

Comments are closed.