काठमाडौं । भोल्भो आइसर कमर्सियल भेइकल लिमिटेडको लागि नेपालको आधिकारिक बिक्रेता बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न एजेन्सी प्रा.लि.ले वर्षेनी उत्कृष्ट अवार्ड प्राप्त गर्न सफल भएको छ । कम्पनीले यस वर्ष पनि अवार्ड जितेको छ ।
कम्पनीले २०२२ को उत्कृष्ट ‘वेस्ट सर्भिस डिष्ट्रिब्युटर्स उपाधि’ प्राप्त गरेको छ । संसारभरका डिलरहरुको उपस्थितिमा भियतनाममा भएको कार्यक्रममा कम्पनीका अध्यक्ष आनन्द राज बतास र सञ्चालक सुलभ बतासले उक्त अवार्ड ग्रहण गरेका छन् । सम्मेलनमा संसार भरका ४ सय डिष्ट्रिब्युटर्सको उपस्थिति थियो ।
इष्टर्न एजेन्सी प्रा.लि.ले गत वर्ष पनि २ वटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ । प्रालिले गत वर्ष ‘ओभरल वेष्ट डिलर अवार्ड इन द साउथ एसिया रिजन’ र ‘एक्स्लेन्ट इनिटियटिभ अफ एग्रिगेट्स रिकण्डिसनिङ’ अवार्ड प्राप्त गरेको थियो । अघिल्ला वर्षहरुमा पनि कम्पनीले उत्कृष्ट अवार्ड जित्दै आएको थियो ।

उत्कृष्ट डिलर बन्दै महत्वपूर्ण अवार्डहरु वर्षेनी प्राप्त हुँदा निकै खुसी लागेको अध्यक्ष बतासले बताए । आइसरप्रति विश्वास गर्ने सम्पूर्ण ग्राहकप्रति उनले आभार व्यक्त गरे । ‘यो अवार्ड हाम्रा सम्पूर्ण ग्राहक, डिलर, कर्मचारी लगायत सम्पूर्ण शुभेच्छुकहरुमा समर्पण गर्न चाहन्छु,’ उनले भने ।
प्रालिले सन् २००८ देखि नेपाली बजारमा आधिकारिक बिक्रेता बन्दै आइसरलाई बिक्री गर्दै आइरहेको छ । आइसरका बस, ट्रक, ट्रिपरका सबै सेगमेन्ट नेपाली बजारमा उपलब्ध छन् ।




Comments are closed.