बतास व्रदर्शलाई ‘स्कुटर च्याम्पियन अफ दि इअर’ अवार्ड

पोखरा । टिभिएसको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रा.लि.ले ‘स्कुटर च्याम्पियन अफ दि इअर २०२३’ अवार्ड जितेको छ ।

टिभिएसका लागि नेपालको एकमात्रै आधिकारिक बिक्रेता जगदम्बा मोटर्सद्वारा आयोजित डिलर मिटकोे अवसरमा बतास व्रदर्शलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले बतास व्रदर्शका प्रवन्ध निर्देशक शान्तराज बतासलाई अवार्ड हस्तान्तरण गरेका हुन् । बतास व्रदर्शले बिगत वर्षहरुमा पनि निरन्तर उत्कृष्ट डिलरको अवार्ड जित्दै आएको छ ।

footwear zone

त्यसैगरी पोखराका लागि टिभिएस स्पेयर्स पार्टसको आधिकारिक बिक्रेता अटो नेपाल इन्टरप्राइजेजले पनि ‘स्पेयर्स पार्टस टे«ड च्याम्पियन अफ दि इअर’ अवार्ड जितेको छ । अटो नेपाल इन्टरप्राइजेज पनि बतास व्रदर्श अन्तर्गतकै कम्पनी हो ।

पोखरा क्षेत्रका टिभिएसप्रति ग्राहकको आकर्षण बढिरहेको बतास व्रदर्शका प्रवन्धक सन्तोष पोखरेलले बताए । अवार्ड प्राप्त हुँदा थप जिम्मेवारी महसुस भएको उनको भनाइ छ ।

You might also like

Comments are closed.