काठमाडौं । पशुपति क्षेत्र विकास कोषबाट भाडामा लिएर बतास समूहले सञ्चालन गरिरहेको पशुपति धर्मशालाको सम्झौता एक पक्षीय रुपमा रद्ध गरिएको छ । पर्यटनमन्त्री प्रेम आलेको निर्देशन तथा उनकै अगुवाईमा धर्मशालाको सम्झौता रद्ध गरिएको हो ।
कोषबाट होटल आनन्द प्रा.लि.ले कानुन बमोजिम धर्मशाला भाडामा लिएर सञ्चालन गरिरहेको भएपनि एक पक्षीय रुपमा सम्झौता रद्ध गरिएको र आफूहरु माथि अन्याय भएको बतास समूहले जनाएको छ ।
बतास समूहले ८ पृष्ठको प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले कानुनी रुपमा भाडामा लिएर सञ्चालत गरिरहेको धर्मशालाप्रति गैर कानुनी, अकल्पनीय, अस्वाभाविक र अमर्यादित कदम चालिएका बताएको छ ।

यस्तो बतास समूहद्वारा जारी प्रेस विज्ञप्ति












Comments are closed.