तनहुँ । बतास फाउण्डेसनले दमौली अस्पताललाई २० लाख रुपैयाँ मूल्य बराबरको अक्सिजन उत्पादन मेसिन (अक्सिजन कन्सन्ट्रेटर) सहयोग गरेको छ । फाउण्डेसनका तर्फबाट मोहनकाजी बतासले दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.सुनिल पौडेललाई उक्त मेसिन हस्तान्तरण गरेका हुन् । अक्सिजन कन्सन्टे«टर मेसिन प्राप्त भएसँगै कोरोनाका बिरामीलाई अक्सिजन दिन सहज भएको छ । अस्पतालमा कोरोना सङ्क्रमितको उपचार भैरहेकाले उपचार सहज बनाउन लागि फाउण्डेसनले सो सहयोग गरेको हो ।
यसैगरी नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा दमौलीका मोहनकाजी बतासले ५ हजार रुपैयाँ सहयोग गरेका छन् । बतासले यसअघि महासंघ तनहुँ शाखाको भवन निर्माणमा समेत सहयोग गरेका थिए । त्यसैगरी कोषमा म्याग्दे गाउपालिका–७ निवासी श्रीभद्र आचार्यले २ हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् । कोषमा ६० हजार रुपैयाा भन्दाबढी रकम सङ्कलन भैसकेको र सहयोग आउने क्रम जारी रहेको महासंघका अध्यक्ष उज्जवल पौडेलले जानकारी दिए ।

यस्तै घरको छतबाट खस्दा दुबै खुट्टा भाँच्चिएर हाल काठमाडौं बि एण्ड बि अस्पतालमा उपचार गरिरहेकी सुनिता डोटेल भण्डारीको उपचारको लागि हालसम्म ३५ हजार सङ्कलन भैसकेको छ । त्यसैगरी प्रेस युनियन तनहुँले सुनिताको उपचारको लागि रु.५१ हजार सहयोग गर्न लागेको युनियनका अध्यक्ष अमरराज नहर्कीले बताए ।




Comments are closed.