बतास एम ए डब्लु कमर्सियल भेहिकल्सको फाईनान्सियर्स भेला सम्पन्न

काठमाडौं । आइसर कमर्सियल भेहिकलका नेपालको आधिकारिक बिक्रेता बतास एम ए डब्लु कमर्सियल भेहिकल्स प्रालि ले भोल्वो आइसर कमर्सियल भेहिकल्स इण्डियाको सहकार्यमा फाईनान्सियर्स भेला शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य बैंकर्स तथा व्यवसायीलाई साथ र सहकार्यको लागि कृतज्ञता जाहेर गर्ने, बतास अर्गनाइजेसन र एम ए डब्लु कमर्शियलबीच भएको साझेदारीको बिषयलाई उजागर गर्ने र आगामी दिनमा साझेदार कम्पनीको योजनालाई प्रस्तुत गर्नु रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार अग्रवालले बताए ।

भेलामा करिब १५० जना बैंकिङ तथा वित्तीय क्षेत्रका प्रतिष्ठित व्यक्ति, विभिन्न विधाका व्यवसायीहरू, कमर्सियल भेहिकल्स क्षेत्रका अगुवाहरू, यातायात संघका कार्यकारीहरू र विज्ञहरूको सहभागिता रहेको थियो। साथै उक्त कार्यक्रममा भोल्भो आइसर कमर्सियल भेहिकल इंडियाका प्रमुख यस.यस.गिल लगायत उपस्थित थिए ।

footwear zone

नवीनता, दिगोपन, र ग्राहक केन्द्रित समाधानहरूमा साझा फोकसको साथ बतास एम ए डब्लुले कमर्सियल भेहिकल्सको परिदृश्यलाई पुनःपरिभाषित गर्ने र ग्राहकहरूका लागि असाधारण अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष विष्णु कुमार अग्रवालले बताए ।

आइसर यात्राको सफलता र निरन्तरताको लागि विशेष भूमिका बैंकर्स र ग्राहकको रहेको र सहयोग, साझेदारीको लागि धन्यवाद आभार प्रकट गर्दै आइसर ब्राण्डलाई कमर्सियल भेहिकल्स क्षेत्रका ग्राहकहरुमा अझै बढ़ी लोकप्रिय बनाउन आउदा दिनमा पनि सहयोग र साथ दिन कम्पनीका सह अध्यक्ष आनन्द राज बतासले आग्रह गरेका थिए। कृतज्ञता जाहेर गर्ने क्रममा एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आई एम ई बैंक लगायत कुल ९ बैंकलाई सम्मान पनि गरिएको थियो।

टेलिमेटिक्स प्रविधिको कार्यान्वयन र हरेक ५० किलोमीटरमा सर्भिस नेटवर्क विस्तारको माध्यमबाट ग्राहकको सन्तुष्टि बढाउने उद्देश्यले कम्पनीको रणनीतिक योजना सार्वजनिक गर्दै यो पहल ग्राहकहरूलाई उन्नत सुविधाहरू र विस्तारित नेटवर्क पहुँच प्रदान गर्न डिजाइन गरिएको कुरा कम्पनीका प्रबन्धक संचालक शान्त राज बतासले उल्लेख गरेका थिए।

समृद्धिको लागी साझेदारीको मूल्य मान्यता बोकेको आइसर ब्राण्डलाई बतास अर्गनाइजेसन र एम ए डब्लु कमर्शियल बिच भएको साझेदारीले सिनर्जेटिक प्रभाव सिर्जना गर्ने विश्वास गरिएको छ । साझेदार कम्पनीले “Together we are unstoppable” नाराका साथ अघि बढी रहेको जानकारी दिदै सम्पूर्ण उपस्थित ब्यक्तिलाई साथ र सहयोगको लागी अनुरोध गरीएको थियो ।

 

You might also like

Comments are closed.