चाडपर्व लक्षित बजार अनुगमन गर्न निर्देशन

काठमाडौं । चाड पर्व नजिकिँदै गर्दा आवश्यक उपभोग्य वस्तुहरुको व्यवस्थापन र बजार अनुगमनका लागि सरकारले सम्बन्धित मन्त्रालय र निकायलाई सक्रिय तुल्याएको छ ।

नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन प्रणाली, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा आसन्न चाडपर्वमा वस्तु तथा सेवाको सहज आपूर्ति र व्यवस्थापनका विषयमा केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ६२औँ बैठकले सो निर्देशन दिएको हो ।

बैठकले बजार अनुगमनका लागि सूचना संकलन, प्रविधिको प्रयोग र जोखिममा आधारित बनाउने सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मापदण्ड तयार गरी अनुगमन प्रणालीको अभिवृद्धि गर्ने, सार्वजनिक यातायातको भाडा दर, यात्रु सिट, क्षमताका आधारमा अनलाइन टिकेटिङको अगुगमन गर्न निर्देशन दिएको छ ।

footwear zone

सो मन्त्रालयले अत्यावश्यक वस्तुको पाक्षिक मूल्यसूची अद्यावधिक प्रोफाइल तयार गर्नुपर्नेछ ।

You might also like

Comments are closed.