सौन्दर्यकर्मीद्वारा मानव सेवामा आश्रितहरुको केश सुधार

कर्णाली । राष्ट्रिय सौन्दर्यकर्मी नेपाल कर्णाली प्रदेशले मानव सेवाआश्रम सुर्खेतमा आश्रितहरुको केश सुधार गरेको छ । सौन्दर्यकर्मीहरुको एक समूहले सोमबार आश्रममा आश्रित मानवहरुको केश काटेर सुधार गरेको हो ।

केश काट्नुका साथै उनीहरुको व्यक्तिगत सरसफाइ गरिएको सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली प्रदेशका अध्यक्ष प्रमी शाक्यले बताइन् । ‘मानव सेवा नै सर्वोत्तम कार्य हो’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै मानवसेवा आश्रममा आश्रितहरुको केश सुधार गरिएको अध्यक्ष शाक्यले बताइन् ।

मानव सेवाआश्रम कर्णाली प्रदेशका संयोजक सृजना ओलीले सौन्दर्यकर्मीहरुको यसप्रकारको सहयोगबाट निकै खुशी मिलेको बताइन् । “सडकबाट आएकाहरुलाई सेवा गर्न मानिसहरु हत्तपत्त आउँदैनन्”, संयोजक ओलीले भनिन्, “यद्यपि हाम्रो सानो अनुरोधमा युनियनका प्रदेश अध्यक्षले सौन्दर्यकर्मीहरुको साथ सहयोगमा केश सुधार गरिदिइन् ।”

footwear zone

उनले कोरोना महामारीका कारण भएको लकडाउनले आश्रममा आश्रित आमाबुबाहरुको केश काटेर पवित्र सहयोग गरेको भन्दै सौन्दयकर्मी युनियन नेपाललाई हार्दिक धन्यवाद दिइन् । नौ सौन्दयकर्मीले ५० आश्रित मानवको केश काटेका थिए ।

You might also like

Comments are closed.