पोखरा । व्युटिपार्लर एसोसिएसन कास्कीको अध्यक्षमा सुस्मा गुरुङ सर्वसम्मत निर्वाचित भएकी छन् । बुधबार भएको अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।
उपाध्यक्षमा टेकमाया गुरुङ, सचिवमा छायाँ ढकाल, कोषाध्यक्ष सुनिता गुरुङ, सहसचिव शिशीर गोदार छन् । सदस्यमा हिमानी गुरुङ, शान्ता लामिछाने, प्रभा वैद्य, बुद्ध गुरुङ, पूर्ण कला गुरुङ, सुशीला केसी निर्वाचित भए ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ महिला समिति गण्डकीका अध्यक्ष एवं व्युटीपार्लर एसोसिएसनका वरिष्ठ सल्लाहकार चिनु गुरुङ, कस्मेटिक व्यवसायी संघका महासचिव सरु बराल, नेपाल व्युटिसियन संघ गण्डकी प्रदेश एवं व्युटिपार्लर एसोसिएसनका संस्थापक अध्यक्ष कल्पना कोइराला, नाइ संघ कास्कीका अध्यक्ष विगुलाल ठाकुर, पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका संयोजक मुना बास्तोला लगायतले बोलेका थिए ।






Comments are closed.