‘बेलाको’ चाडपर्व अफर, विशेष छुटसहित उपहार योजना सार्वजनिक

काठमाडौं । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी ‘बेलाको’ कम्पनीले विशेष अफर सार्वजनिक गरेको छ ।

‘दसैंको बहार, उपहार नै उपहार’ अफर अन्तर्गत हरेक सामानको खरिदमा हात खाली नजाने उपहारसँगै एकजना भाग्यमानी बिजेताले २५८ लिटरको रेफ्रिजेनेटर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रत्येक सामग्री खरिदमा १० प्रतिशत छुटसमेत उपलब्ध गराइएको छ । विशेष छुट र उपहार योजनाले बेलाको खरिद गर्ने ग्राहकहरु लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।

footwear zone

स्क्र्याच कुपनमा एक हजार रुपैयाँसम्म क्यास ब्याकको व्यवस्थासमेत गरिएको छ ।

बेलाको सामग्री उपयोगले घर सजाउने, भान्सा मगमगाउने र चाडबाड रंगीन बनाउने कम्पनीले दाबी छ ।

कम्पनीले रेफ्रिजेनेटर, वासिङ मेसिन, स्मार्ट टेलिभिजन, स्मार्ट एसी, ग्यास स्टोप, राइस कुकर, आइरन, इलेक्ट्रिक कित्ली, हिटर, बहुउपयोगी ब्लान्डरलगायत गृह उपकरण नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।

डिलर नेटवर्कमार्फत देशभरको बजारमा बेलाको ब्राण्डका सामग्रीहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । बेलाकोका सामग्रीहरु नेपाली बजारमा लोकप्रिय रहेको कम्पनीको दावी छ ।

बेलाकोका लागि ब्राण्ड एम्बेसडर कलाकार प्रदीप खड्का हुन् ।

You might also like

Comments are closed.