काठमाडौं । बेनेलीले मार्च ४ र ५ गते नक्सालदेखि सुकुटेसम्म एडभेन्चर राइड सम्पन्न गरेकोछ । बेनेलीको नक्साल शोरुमबाट सुरु भएको राइड शुक्रबार दिउँसो नक्सालबाट निस्किएका सवारले सुकुटेस्थित स्यान्डीबीच रिसोर्टमा रात बिताएका थिए । उनीहरु शनिबार काठमाडौं फर्किएका हुन् ।
नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले राइड आयोजना गरेको थियो । बेनेलीको TRK 250, TNT 302 र TNT 600 मोडलका ४० भन्दा बढी राइडरले राइडमा भाग लिएका थिए । सहभागीहरुले बेनेली मोटरसाइकलमा साहसिक यात्रा पूरा गर्न सफल भएको बताए ।
यस्तो राइड आयोजनाले राइडर र कम्पनीबीच भाइचारा स्थापित हुने कम्पनीको विश्वास छ । आगामी दिनमा पनि यस प्रकारको राइडलाई निरन्तरता दिई नयाँ गन्तव्यमा आयोजना गरिने कम्पनी जनाएको छ ।

इटालियन ब्राण्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सेग्मेन्टका बाइकहरू नेपालमा उपलब्ध छन् । केही समयअघि ल्याएको नयाँ स्कुटर पनेरा १२५ लोकप्रिय बन्दै गएको छ । बेनेली बाइकहरू अत्याधुनिक सुविधाहरू, स्टाइलिश डिजाइन र बलियो र शक्तिशाली इन्जिनका कारण विश्वभर लोकप्रिय मानिन्छन् ।




Comments are closed.